नुवाकोट महोत्सवमा रु पाँच करोड कारोवार

ज्ञानमाण्डू।छैटौँ नुवाकोट महोत्सवमा रु पाँच करोड कारोबार भएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवर्द्धन–दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवर्द्धन’ भन्ने नाराको साथ यही माघ १६ गते सुरु भएको महोत्सवमा ६० हजार दर्शकले अवलोकन गरेको र रु पाँच करोडको कारोबार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए । 

महोत्सवमा २५० प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा राखिएको दैनिक उपभोग्य वस्तु, घरेलु उत्पादन र हस्तकलामा सामग्री राखिएका पसलहरूमा ग्राहकको भीड लागेको थियो । नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी सञ्चालन भएको महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि विशेष योगदान पुग्ने आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x