भर्चुअल शाखाको रुपमा स्थापित गर्ने लक्ष्य सहित माछापुच्छ्रे बैंकले ल्यायो MBL M-Smart



ज्ञानमाण्डू। माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित Mobile Banking App, MBL M-Smart को सुरुवात गरेको छ । यस अघि Machhapuchchhre Mobile Money (M3) को रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले OMNI च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि
MBL M-Smart को रुपमा शुभारम्भ गरेको बैंकले जनाएकाे छ


विभिन्न नयाँ सुविधा सहित शुभारम्भ गरिएको
MBL M-Smart App मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले Self-Registration गर्न सकिने मोवाईल बाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर Scan गरी QR भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाले भरिपूर्ण भएकाे बैंकले बताएकाे छ । बैंकले MBL M-Smart लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको बैंकले जनाएकाे छ । 


माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक We Chat Pay सुरुवात गरेकाे थियो । त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबाट “माया” पनि नेपालमा पहिलो पटक माछापुच्छ्रे बैंकले नै शुभारम्भ गरेको जनाएकाे छ । बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ्ग, आफ्नै वालेट RemitApp, लगायतका यस्ता थुपै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको जनाएकाे छ । नयाँ नयाँ डिजिटल सेवाको साथमा ग्राहकहरुलाई डिजिटल युगको अनुभव प्रदान गर्दै आफुलाई एउटा स्मार्ट बैंकको रुपमा सधै अग्र स्थानमा राख्न सफल भएको बैंकले बताएकाे छ ।

 
यसै क्रममा डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउदै बैंकिङ्ग सेवालाई अर्को तहमा पुर्याउने उदेश्य सहित बैंकले
Mobile Banking App, MBL M-Smart संचालनमा ल्याएको जनाएकाे छ


माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको
 बताएकाे


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x