सेञ्चुरी बैंकको नाफा २५.५० प्रतिशतले बढ्यो, नाफा ६५ कराेड माथि

ज्ञानमाण्डू। सेञ्चुरी बैंकको नाफा २५.५० प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ५१ करोड ८१ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले ६५ करोड २ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको
सेञ्चुरी बैंकले ६१ अर्ब २४ करोड ७८ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ५० करोड ७१ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ३८ करोड १ लाख ४१ हजार रुपैयाँ र संचित मुनाफा ८५ कराेड ७४ लाख ८ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.०७ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ७८ लाख ६१ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.६७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ छ र मूल्य आम्दानी अनुपात ११.५२ गुणा छ ।

As on  29th Poush 2076 BS


विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू ८,४१,५४,७२
निक्षेप संकलन
रू ६१,२४,७८,८२
कर्जा लगानी
रू ५९,५०,७१,२३
खुद ब्याज आम्दानी
रू १,५२,७८,६१
नाफा/(नाेक्सान)
रू ६५,०२,८७
जगेडा कोष
रू १,३८,०१,४१
संचित मुनाफा
रू ८५,७४,०८
निष्कृय कर्जा
१.६७%
प्रतिशेयर आम्दानी
१५ रुपैयाँ ४५ पैसा
प्रतिशेयर नेटवर्थ
१२७ रुपैयाँ
आम्दानी अनुपात
११.५२ गुणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x