आज सम्म कायम शेयरधनीले सानिमा लाईफ इन्स्योरेन्सकाे लाभांश पाउने


ज्ञानमाण्डू। सानिमा लाईफ इन्स्योरेन्सले यही असार २० गते चाैँथाे वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार ८ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा असार ७ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा स्मार्ट दरबार ब्याक्वेंट धुम्रबाराही, काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।सभाले आर्थिक वर्ष (आ.व.) २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७७/०७८ को लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले तोक्ने छ। कम्पनीले हाल कायम चुक्ता पुजीँकाे ४.४२ प्रतिशत बाेनश शेयर र ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको विषयलाई पनि दर्साउने छ।

सञ्चालक समितिमा सर्वसाधरण शेयरधनी समूह (ख) बाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालककाे निर्वाचन पानि साेही सभाले पारित गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x