प्रभु बैंक लिमिटेड र पद्मा श्री होटेल एण्ड ब्याङ्क्वीट बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता 


ज्ञानमाण्डू। मिति २०७९ भदौ २८ गतेका दिन प्रभु बैंक लिमिटेड र रत्ननगर, चितवन स्थित पद्मा श्री होटेल एण्ड ब्याङ्क्वीट बिच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट टाँडी शाखा कार्यालय प्रमुख श्री अमर बहादुर ज्योति र पद्मा श्री होटेल एण्ड ब्याङ्क्वीटका तर्फबाट प्रोप्राइटर श्री मीन प्रसाद सुवेदीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त होटेल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरूले पद्मा श्री होटेल एण्ड ब्याङ्क्वीट द्वारा सञ्चालित “फुड” सेवामा १० प्रतिशत र “वेभरेज” सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत पद्मा श्री होटेल एण्ड ब्याङ्क्वीटमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, पद्मा श्री होटेल एण्ड ब्याङ्क्वीटका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x