नेप्से १४००.०१ अङ्कमा



ज्ञानमाण्डू । आज नेप्से १.७७ अङ्कले बढेर १४००.०१ पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक १.०९ ले वृद्धि भई २९४.९५ मा पुगेको छ । नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार  रकम भने रु दुई अर्ब माथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर रु दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भयो ।


आज बैकिंग उपसमूह ७.५३ अङ्कले, ट्रेडिङ उपसमूह २.९५ अङ्कले, विकास बैंक उपसमूह १४.५५ अङ्कले, उत्पादन उपसमूह ३०.७५ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.२ अङ्कले बढेकाे छ भने होटेल उपसमूह ३३.२६ अङ्कले, हाइड्रोपावर उपसमूह १७.६२ अङ्कले, फाइनान्स उपसमूह ५.८५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ११.१५ अङ्कले, अन्य उपसमूह्र २.३५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १३.१ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ४५.९३ अङ्कले घटेकाे छ ।


कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १० करोड ६५ लाख १५ हजार ६६२ बराबरको कारोवार भयो । यस्तै एनएमबी बैंक रु नौ करोड ५९ लाख १६ हजार ७३, हिमालयन डिस्टिलरी रु नौ करोड १४ लाख ९३ हजार ७६२, शिवम् सिमेन्ट रु सात करोड ५६ लाख ६९ हजार ४९१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ९५ लाख ८६ हजार ६२८, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु छ करोड ६१ लाख ७१ हजार ५७३ बराबरको कारोवार गरी शीर्ष स्थानमा रहे । 

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८७, घलेम्दी हाइड्रो ९.५२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७.१७, माउन्टेन हाइड्रो ४.३०, राष्ट्रिय बीमा कम्पनी ४.२४ र बोटलर्स नेपाल तराईका शेयरधनीले ४.१८ प्रतिशतले कमाए । लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६८, पाँचथर पावर कम्पनी ४.५१, सेन्ट्रल फाइनान्स ३.८४, गुह्येश्वरी मर्चेन्ट बैंक ३.६७ र नेपाल फाइनान्सका शेयरधनीले ३.६४ प्रतिशतले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x