मानूषी लघुवित्तमा राेजगारीकाे अवसर, SLC/SEE, +2 पास हुनेका लागि सुनैलो अवसर


Click here to join viber community for all Vacancy Updates.


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको ईजाजतपत्र प्राप्त बनेपा न.पा. १३, भैसेपाटी, काभ्रेमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयहरुको लागि देहाय बमोजिमको पदमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवेदन आव्हान गरिन्छ।

विज्ञापन नं. : १/२०७९/२०८०   

पद : कनिष्ठ सहायक (प्रशिक्षार्थी)    

श्रेणी : सहायक श्रेणी  

संख्या : केही    

आवश्यक न्युनतम योग्यता : एस.एल.सी. वा एस.ई.ई.मा जीपिएस सी सम्म ल्याई परिक्षा उत्तीर्ण गरेको तथा प्रविणता प्रमाण पत्र वा प्लस टु उत्तीर्ण गरेकोलाई प्राथमिकता दिईनेछ । ग्रामिण क्षेत्रको फिल्डमा गई कार्य गर्न इच्छुक ।

नोट : 

१. उमेरको हद : १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ । 

२. परिक्षाको किसिम : छोटो सूचीमा परेकाहरु मध्ये अन्तरवार्ताको माध्यमबाट छनौट गरिनेछ । 

३. तलब भत्ता तथा सुविधा : वित्तीय संस्थाको नियमानुसार हुनेछ । 

४. विशेष प्राथमिकता : कम्प्युटर (वर्ड, एक्सल, ईमेल, इन्टरनेट) को राम्रो ज्ञान भएको साथै मोटरसाईकलको लाइसेन्स प्राप्त व्यक्तिलाई प्राथमिकता दिईनेछ। 

५. दरखास्त बुझाउने स्थान : मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु वा [email protected] मा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहित संस्थाको वेबसाईटमा राखेको फारम, निवेदन, आफ्नो बायोडाटा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यकता अनुसार कार्य अनुभव पठाउन सकिनेछ । 

६. दरखास्त दिने अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट बुझाउन सकिनेछ । 

७. म्याद नाघेको वा रित नपुगेको निवेदनहरु स्वत रद्द हुनेछ । छनौट सूचीमा परेका उम्मेदवारलाई मात्र अन्तरवार्तामा बोलाउनुको साथै कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ । 

 

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड

फोन नं. : ०११-६६२७८.५, ०११-६६३१२७, 

Website: www.manushilbs.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x