ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ५९ अंकले घटेर २८१५ दशमलव ०६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ०९ अंकले घटेर ५२४ दशमलव ९४ को विन्दुमा पुगेको छ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये जीवन बीमा उपसमूह ७२ दशमलव १६ अङ्कले बढेको छ। यता, होटल तथा पर्यटन उपसमूह ४ दशमलव २५ अङ्कले घट्दा , अन्य उपसमूह ९ दशमलव ८९ अङ्कले, सामूहिक लगानी कोष उपसमूह ० दशमलव ०१ अङ्कले, लगानी उपसमूह ० दशमलव ३७ अङ्कले ,उत्पादन उपसमूह १३.५९ अङ्कले, विकास बैंक उपसमूह १५.६ अङ्कले, वित्त उपसमूह ५.३९ अङ्कले, निर्जीवन बीमा १७.२९ अङ्कले, जलविद्युत उपसमूह १०.५७ अङ्कले, ट्रेडिङ उपसमूह १.४६ अङ्कले, लघुवित्त उपसमूह १५.२४ अङ्कले र बैंकिङ ३.६१ अङ्कले घटेको छ।