आज सिन्धु विकास बैंक लिमिटेडले बाह्राैँ वार्षिक साधारण सभा गर्दै


ज्ञानमाण्डू। सिन्धु विकास बैंक लिमिटेडले साउन ६ गते (आज) बाह्राैँ वार्षिक साधारण सभा गर्दै छ।कम्पनीले साधारण सभा मिरावल रिसैट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आ.व. २०७७/२०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ, आ.व.२०७८/७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ भने संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ।

त्यसै गरी कम्पनीले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने /गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्याङ्कन (Due Diligence Audit -DDA) गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने, गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र (Memorandum या Understanding) तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पुरा गरि सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी पानि सोही सभाले प्रदान गर्ने छ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २७ गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार २६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x