प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

ज्ञानमाण्डू।पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । 

यही फागुन ११ गतेदेखि सुरु भएको वल्र्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको हो । यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित बनेको थियो । टिम इभेन्टमा कोरियाले अग्रता बनाएको छ । कोरिया २० अङ्कका साथ पहिलो स्थानमा रहँदा नेपाल १७ अङ्कसहित दोस्रो स्थान हासिल गरेको थियो । नेपालकै अर्को टोली ‘टिम एभरेष्ट’ १३ अङ्कका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिता निर्देशक विमल अधिकारीले जानकारी दिए । 

पुरुष एकलतर्फ कोरियाका चियोङ हा ७५० अङ्कका साथ प्रथम, जङ्गमेन चोइ ७३४ अङ्कसहित द्वितीय तथा मुनसिउव लिम ७२६ अङ्कसहित तेस्रो स्थानमा रहेको बताइन्छ । नेपालका युकेश गुरुङ ७१९ अङ्कका साथ चौथो स्थानमा रहेका छन् । 

महिलातर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिक २०६ अङ्कसहित प्रथम, कोरियाका याना ली १५६ सहित द्वितीय र स्वीजरल्याण्डका सुसन स्टोफर र भारतका रिनुल पशाङ्कर ६८ र ५२ अङ्कसहित तेस्रो र चौथो स्थानमा रहेका छन् । प्रतियोगीहरूले पोखराको सराङकोटबाट उडान भरेर विभिन्न स्थानमा पुगेर खपौँदीमा अवतरण गरेको थिए । 

प्रतियोगितामा २० देशका ९२ खेलाडीले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यस टूरबाट पाँचदेखि आठ जना खेलाडी प्याराग्लाइडिङ वल्र्डकप सुपर फाइनलका लागि छनोट गर्ने योजना छ । 

यस वर्ष नेपालसहित इन्डोनेशिया र चीनमा तय भएको एशियन टूरबाट छनोट भएका खेलाडीहरू ‘पोइन्ट’ र ‘र्याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्था (ना)का निवर्तमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x