आशा लघुवित्तको नाफा १७२.६६ प्रतिशतले वृद्धि हुँदा , प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ६० पैसा



ज्ञानमाण्डू। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १७२.६६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२६ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आशा लघुवित्तले १ अर्ब २८ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै आशा लघुवित्तले २ अर्ब १९ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १७ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

आशा लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५४.९३ प्रतिशतले बढेर २६ करोड २० लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ३.८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ६० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९४ पैसा छ र मूल्य आम्दानी अनुपात ३९.०६ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x