सुल्झियो खानी उत्खनन अध्ययनको विवाद

ज्ञानमाण्डू।जमिनमुनि पड्किएको बमका कारण घर चर्किने र बच्चा तर्सिने गरेपछि अध्ययनको काम नै रोकेका बागलुङ नगरपालिका–९ तित्याङका स्थानीय र अध्ययन गरिरहेको कम्पनीबिच सहमति जुटेको छ । तामालगायतका धातुको अनुसन्धानको काम गरिरहेको कम्पनी शुभम् ग्रुप र प्रभावित क्षेत्रका स्थानीयबिच सहमति जुटेपछि काम सञ्चालन भएको छ ।

गत शनिवारदेखि रोकिएको काम शुक्रबारदेखि नै सुरु भएको हो । प्रभावित क्षेत्रका स्थानीयको भौतिक सम्पत्ति तथा जीवन बीमाको व्यवस्था, बम विस्फोट गर्ने समयमा सर्वसाधारणलाई जानकारी गराउनुपर्ने, दिनमा दुई पटक निर्धारित समयमा मात्रै बम विस्फोट गर्न पाउने लगायतका बुँदामा सहमति जुटेपछि अध्ययनका लागि भइरहेको सुरुङ खन्ने कामले निरन्तरता पाएको हो । स्थानीय र कम्पनीबिच विवाद हुँदा शनिवारदेखि काम अवरुद्ध भएको थियोे ।

खानीमा अध्ययनका लागि कम्पनीले बम विस्फोट गरेपछि स्थानीयले काम अवरुद्ध गरेका थिए । शुरुआतमा ड्रिलिङ मेसिनले सुरुङ खन्ने बताए पनि पछिल्लो समय बम विस्फोट हुन थालेको भन्दै कामनै अवरुद्ध पारेको सरोकार समितिका सदस्य शिवलाल विकले बताए । विकले भने , “जनधनको सुरक्षाको व्यवस्था हुने भएपछि काम सञ्चालन भएको छ ।” खानीमा बम विस्फोट गर्दा पुरै गाउँको सुरक्षा नहुने भएकाले पहिले बस्तीको व्यवस्थापन गरिदिनुपर्ने माग राख्दै स्थानीयले अवरोध गरेका थिए ।

“सर्वसाधारणका माग जायज थिए हामीले सम्बोधन गरेका छौँ”, खानीको प्रारम्भिक अध्ययन गरिरहेको शुभम ग्रुप नेपालका अध्यक्ष श्याम अधिकारीले भने, “मिलेर काम गर्ने हो, सबैको समस्याको समाधान भएपछि हामीले रोकिएको काम थाल्यौँ ।” चीनको जोम्बिङ इन्ड्रेस्टिल कम्पनीको प्राविधिक सहयोगमा शुभम ग्रुपले चार महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको छ । ग्रुपले शुरुआतमा ड्रिलिङ मेसिनले खन्ने निर्णय भए पनि बिचमा साह्रो ढुङ्गा परेका कारण रक्षा मन्त्रालय र खानी विभागसँग स्वीकृति लिएर नेपाली सेनाको निगरानीमा बम विस्फोट गरेर सुरुङ निर्माण गर्ने काम भइरहेको अधिकारीले बताए । 

बागलुङ नगरपालिका वडा नं ९ तित्याङका वडाध्यक्ष गणेश थापाले स्थानीय र कम्पनीसँग छलफल गरी समस्याको समाधान गर्न जिल्ला सुरक्षा समितिलगायत सरोकारवाला लागेकाले अब काम नरोकिने बताए । थापाले सिङ्गो बस्तीका बासिन्दा नभई एक, दुई जनाका कारण खानी अध्ययनमा समस्या भइरहेको पाइएकाले त्यसको समाधानका लागि स्थानीय तहले समन्वय गरेको बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x