परम्परागत नीति नियमहरूलाई समयानुसार परिवर्तन गर्न वरिष्ठ उपाध्यक्ष ढकालको सुझाव

chandra dhakal

ज्ञानमाण्डू।नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरूलाई समयानुकूल बनाउन आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधवार काठमाडौँमा आयोजित नेपाल अटो मोबाइल डिलर्स एशोसिएशनको ४५औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरूसँग छलफल गरेर परम्परागत नीति नियमहरूलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रूपान्तरणको लक्ष पनि हासिल हुने बताउनुभयो ।

“यो अटो मोबाइल सेक्टरको मात्र होइन । समग्र निजी क्षेत्रका सुझावहरूलाई लिएर सरोकारवाला पक्षहरूसँग छलफल गरी पुराना नीति नियमहरू परिवर्तन गर्दै जाँदा सबै पक्षलाई फाइदा हुन्छ ।,” उहाँले भन्नुभयो, “यसका लागि राज्यले अग्रसरता लिनुपर्छ,” उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ विशेष पहल गर्नुपर्ने बताउनुभएको छ ।

“अहिले मुलुकभित्र दुई पाङ्ग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन् । यसको विस्तार सँगै चार पाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढवा दिनुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।

बिजुली भारतमा निर्यात सुरु भएको बताउँदै उहाँले औद्योगिक क्षेत्रलाई सस्तोमा बिजुली उपलब्ध गराउन सके उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताउनुभयो ।

उहाँले सार्वजनिक सवारीलाई चुस्त बनाउनेतर्फ सरकार र स्थानीय निकायको ध्यानाकर्षण गर्नुभयो ।

सवारी साधन विलासिताको वस्तु मात्र नरहेको बताउँदै उहाँले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चको लागि महत्त्वपूर्ण भएको बताउनुभयो ।

उहाँले कोभिड–१९ को महामारीबिच पनि मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको समेत बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x