घरभित्रै बसेर सहयोग गर्न महानगरवासीलाई आग्रह

ज्ञानमाण्डू।काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिन सबै महानगरवासीलाई आग्रह गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज अपिल जारी गरी महामारी नियन्त्रणका लागि सरकारले चालेको कदम स्वागतयोग्य छ भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर नआउन अनुरोध गरेका हुन् । 

महामारी रोकथाम र निर्मूल गर्न सरकारले २०७६ चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशनको स्वागत गर्दै प्रमुख शाक्यले अपिलमार्फत नगरवासीलाई सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसेर महामारीविरुद्धको अभियानमा सहयोग गर्न आग्रह गरे ।

कोरोना सङ्क्रमणको आशङ्का भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि कामपाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राखिएको जनाइएको छ । 

नागरिकलाई सहयोग गर्न कामपाको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना सङ्क्रमणको आशङ्का भएमा कामपाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्थासमेत मिलाइएको छ । 

लकडाउन अवधिमा कुनै पनि नगरवासीले केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न सक्ने जनाइएको छ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिको फोन नम्बर खुला राखिएको छः 

प्रमुख विद्यासुन्दर शाक्य – ९८५१२७९९००,

उपप्रमुख हरिप्रभा खड्गी – ९८५१२७९८९९, 

वडाध्यक्ष : १) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१, 

२) राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२ 

३) दीपक केसी – ९८५१२७९९०३, 

४) मोहन विष्ट – ९८५१२७९९०४ 

५) रमेश डङ्गोल – ९८५१२७९९०५ 

६) दीपेन्द्र लामा – ९८५१२७९९०६, 

७) शुद्ध डङ्गोल – ९८५१२७९९०७ 

८) दिनेशकुमार डङ्गोल – ९८५१२७९९०८, 

९) रामकृष्णजयखु श्रेष्ठ – ९८५१२७९९०९ 

१०) रामकुमार केसी. – ९८५१२७९९१०, 

११) हीरालाल तण्डुकार – ९८५१२७९९११ 

१२) विकास डङ्गोल – ९८५१२७९९१२, 

१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३ 

१४) शोभा सापकोटा – ९८५१२७९९१४, 

१५) ईश्वरमान डङ्गोल – ९८५१२७९९१५ 

१६) मुकुन्द रिजाल – ९८५१२७९९१६, 

१७) नवीन मानन्धर – ९८५१२७९९१७ 

१८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८, 

१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९, 

२०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०, 

२१) उदयचूडामणि बज्राचार्य – ९८५१२७९९२१ 

२२) चिनीकाजी महर्जन – ९८५१२७९९२२, 

२३) मचाराजा महर्जन – ९८५१२७९९२३ 

२४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४, 

२५) नीलकाजी शाक्य – ९८५१२७९९२५ 

२६) ख्यामराज तिवारी – ९८५१२७९९२६, 

२७) चिनियाँमान बज्राचार्य – ९८५१२७९९२७ 

२८) भाइराम खड्गी – ९८५१२७९९२८, 

२९) कुश ढकाल – ९८५१२७९९२९, 

३०)दलबहादुर कार्की – ९८५१२७९९३० 

३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१ र 

३२) नवराज पराजुली – ९८५१२७९९३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x