एलआईसी नेपालकाे "धनवृष्टि" योजना

ज्ञानमाण्डू। लाईफ इन्स्योरेन्स (कर्पोरेशन) नेपालले ‘धनबृष्टि धनफिर्ता बीमा योजना’ बजारमा ल्याएको छ । विहीबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले यो योजना सार्वजनिक गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले योजनाको औपचारिक शुभारम्भ गरे ।
यस योजनामा १३ देखी ६० बर्षसम्मका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । प्रत्येक तीन/तीन बर्षमा बीमांक रकमको निश्चित रकम फिर्ता हुने छ र यस योजनाको न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै अधिकत्तम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुन्छ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ ।
बीमा परिपक्वतामा अन्तिममा फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमको साथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिन्छ । योजनामा अधिकतम् ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।
विहीबार आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी. दासले बीमितले आफनो रकमको तरलता चाहने व्यक्तिको लागि यो योजना उपयोगी हुने बताए । यस योजनामा बीमितले तीन÷तीन वर्षमा नै आफुले लगानी गरेको बीमाशुल्कको ठुलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँगै रहने र साथमा एलआईसी नेपालको जीवन बीमा पनि पाइने भएकोले ग्राहकहरुलाई यो ‘धनवृष्टि’ योजन खरिद गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x