मूर्तियामा पुरातात्विक आकृति फेला

ज्ञानमाण्डू। मूर्तियामा ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर रहेको छ भने विभिन्न स्थान उत्खननका क्रममा पुराना धार्मिक सामग्री भेटिने गरेका छन् । पोखरी खन्ने क्रममा भेटिएको शिवलिङ्ग र बसाहा तथा मयूर र सर्पको आकृति भएका पुरातात्विक वस्तु फेला परेका छन् ।

पुरातात्विक महत्वका केही वस्तु पुरातत्व विभागले लगेको र केही चक्रेश्वर महादेव मन्दिर संरक्षण समितिको संरक्षणमा रहेको वडाध्यक्ष लुइँटेलले बताएका छन् । नजिकै मुक्तेश्वर मन्दिर क्षेत्रमा पनि उत्खनन गर्दा पनि त्यस्ता वस्तु फेला पर्न सक्ने जनाइएको छ ।

चक्रेश्वर महादेव मन्दिर संरक्षण समितिको संरक्षणमा रहेका ती पुरातात्विक आकृतिको आफूहरुले पूजाआजा शुरु गरेको मन्दिरका अध्यक्ष रिऋ महतोले बताउनुभयो । केही दिन पहिला फेला परेका पुरातात्विक महत्वका आकृतिको अवलोकनका लागि पुग्नुभएका नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले मूर्तिया क्षेत्रमा पुरातत्व विभागको टोली ल्याएर अध्ययन गराइने बताएका छन् ।

पोखरी नजिक भेटिएका मूर्ति अवलोकन गर्न पुग्नुुभएका अध्यक्ष पन्तले सो क्षेत्रका विद्युत्, बाटो र अन्य समस्या समाधान गर्न पनि आफू लागिपर्ने वचन दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x