गणपति लघुवित्तकाे नाफा १ कराेड ८६ लाख

Ganapati Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५४.७४ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४ कराेड ११ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ कराेड ८६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गणपति लघुवित्तले २ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, गणपति लघुवित्तले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ४ करोड ७८ लाख रुपैयाँ रहेको छ।

गणपति लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९ प्रतिशतले घटेर १२ करोड ३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.६४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ५६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ११०० काे आधारमा मूल्य आम्दानी अनुपात ८९.५७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x