भरतपुरको खानेपानी वितरणमा समस्या

ज्ञानमाण्डू।भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच समन्वय छैन । जसका कारण सडक र ढल निर्माणका क्रममा यो समस्या दोहोरिन्छ ।

“ढल र सडक निर्माणका क्रममा पाइप काटिने र भाँचिने समस्याले खानेपानी वितरणमा अबरोध आउने गरेको भरतपुर खानेपानी बोर्डका प्रमुख प्रजापति दाहालले बताए । “निषेधाज्ञापछि झन् यो समस्या बढी देखिन थालेको छ”, प्रमुख दाहालले भने , “खोेनेपानी मर्मत गर्ने पलम्बर कर्मचारी सिमित छन् । निषेधाज्ञाका कारण टाढाका कर्मचारी आउन सम्भव छैन, केही कर्मचारीका भरमा काम गरिरहेका छौँ”, प्रमुख दाहालको  छ । यो समयमा नियमित मर्मत र अनुगमनमा समेत जान नपाएको प्रमुख दाहालले  बताए । 

“फोनबाट गुनासो गर्नेहरु धेरै हुनुहुन्छ”, दाहालले भने, “पानी फुटेर खेर जाने ठाउँलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ ।” दैनिक चार/पाँच ठाँउबाट खानेपानीको समस्या आउने गरेको प्रमुख दाहालले  बताए । यो समयमा तत्काल मर्मत गर्न सम्भव नभएको दाहालको भनाइ छ । 

बोर्डअन्तर्गत भरतपुर र कृष्णपुर स्टेसनअन्तर्गत १६ जना पलम्बर कार्यरत छन् । जसमध्ये ७ जनामात्र अहिले काममा खटिएका छन् । भरतपुर महानगर र शहरी विकास अन्तर्गतका भइरहेका अधिकांश सडक निर्माणका क्रममा पाइप काटिने गरेको छ । 

विसं २०३२ देखिका जिर्ण पाइप भएकाले पनि पटक–पटक समस्या हुने गरेको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा वोर्डले खानेपानी उपलब्ध गराउने ३० हजार ६०० ग्राहक छन् । “यस वर्ष विस्तार गर्ने योजना थियो”, दाहालले भने , “कोरोनाका कारण काम गर्न सकिएको छैन् ।” यसबाहेक भरतपुर महानगरपालिकामा अन्य उपभोक्ता समितिमार्फत खानेपानी वितरण हुँदै आएको छ । बोर्डको ८५० किलोमिटरको खानेपानीको नेटवर्क छ । 

बोर्डले महानगरपालिकाका वडा नम्वर १ देखि १६ नम्वर र २२ नम्वर वडामा खानेपानी उपलब्ध गराउँदै आएको छ । २०६४ सालमा स्थापना भएको खानेपानी बोर्डले दैनिक १ करोड ३७ लाख लिटर खानेपानी उत्पादन गर्दै आइरहेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x