
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि हुँदै सर्वाधिक भाेल्यूमसहित नयाँ रेकर्ड कायम गरेको छ । साताको दोस्रो कारोबारी दिन नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले बढेर २८२३ दशमलव ०६ को सर्वाधिक उच्च विन्दुमा कायम हुँदै अलटाइम हाइ रेकर्ड बनाएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात आईतबार नेप्से परिसूचकले २८२० विन्दुको रेकर्ड कायम गरेकोमा सोमबार उक्त रेकर्डलाई तोडैदै नयाँ रेकर्ड बनाउन सफल भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक १ दशमलव ३१ अङ्कले बढेर ५०८ दशमलव ४९ को विन्दुमा पुगेको छ ।
आज कूल २१६ कम्पनीका २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर रु १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये पाँच उपसमूहको शेयरमा वृद्धि भएको छ । बैंकिङ उपसमूह ४ दशमलव ०८ अङ्कले बढ्दा जलविद्युत उपसमूह ५ दशमलव २ अङ्कले, निर्जीवन बीमा उपसमूह १९६ दशमलव ६४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०९ अङ्कले र लगानी उपसमूह १ दशमलव ४१ अङ्कले बढेको छ ।

कारोबारको आधारमा आज हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्मेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्मेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी लिमिटेडको १ अर्ब २६ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज ७.१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । उक्त कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज १.७६ प्रतिशतले वृद्धि भएको छ ।
यता नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको २८ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यसै गरी, आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५ करोड रुपैयाँ माथिको, सूर्या लाईफ इन्स्योरेन्स र सिभिल बैंक लिमिटेडको २४ करोड माथिको शेयर कारोबार भएको छ।

नेप्से परिसूचक शुन्य दशमलव ११ प्रतिशतले उकालो लाग्दै अलटाइम हाइ रेकर्ड बनाउँदा आज बरुण हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । त्यसै गरि, युनाइटेड इदी मार्दी एण्ड आर बि हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले, माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले र ग्रिन डेभेलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।
आज निर्जीवन बीमा उपसमूह १ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ। लगानी उपसमूह १ दशमलव ३७ प्रतिशतले, सामुहिक लगानी कोष उपसमूह शुन्य दशमलव ६३ प्रतिशतले, बैंकिङ उपसमूह शुन्य दशमलव २२ प्रतिशतले र जलविद्युत उपसमूह शुन्य दशमलव १८ प्रतिशतले वृद्धि भएको छ।

आज एक्सेल डेभेलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् । यता, गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ४ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् भने सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ४ दशमलव १३ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, महिला लघुवित्तका लगानीकर्ताले ३.९६ प्रतिशतका दरले, सिन्धु विकास बैंकका लगानीकर्ताले ३.९० प्रतिशतका दरले र समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ३ दशमलव ६६ प्रतिशतका दरलेगुमाएका छन्।
आज वित्त उपसमूह २ दशमलव २ प्रतिशतले घटेको छ। त्यस्तै, ट्रेडिङ उपसमूह १ दशमलव ३७ प्रतिशतले, विकास बैंक उपसमूह शुन्य दशमलव ९६ प्रतिशतले र उत्पादन उपसमूह शुन्य दशमलव ८१ प्रतिशतले घटेको छ।