आइएमई पे र गोल्डस्टार जुत्ताबीच सम्झौता, हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता र २०% छुट

ज्ञानमाण्डू। आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ। सम्झौता अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ।

गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडि गोल्डस्टार जुत्ता प्रदान गर्ने छ । साथै, प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा जुत्ता खरिद गर्दा फ्लाट २०% क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

आइएमई पेको दशैँ क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनेछन्। सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्नेछन्। यद्यपि, विजेताहरुले डेलिवरि चार्ज भने स्वयम नै तिर्नु पर्ने शर्त राखिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x