नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Citizen Investment Trust

ज्ञानमाण्डू। नागरिक लगानी कोषले यही भदाै ६ गते २७ औं वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि साउन २५ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा साउन २४ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा कोषको केन्द्रीय कार्यालय, सीआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा अपरान्ह ३:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभालेआर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी र लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल असार मसान्तको वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ।

यसकोषको आर्थिक वर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याइएको प्रस्तावित ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्नेछ भने साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x