एनएमबि बैङ्कको नाफामा ३६.५३ प्रतिशतकाे वृद्धि, १३ प्रतिशत लाभांश दिन सक्ने

nmb bank

ज्ञानमाण्डू। एनएमबि बैङ्कको नाफा ३६.५३ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैङ्कले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ६ अर्ब ४४ करोड रुपैयाँ र सञ्चित मुनाफा २ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा २ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा एनएमबि बैङ्कले आफ्ना शेयरधनिहरूलाई १३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात १.३३ प्रतिशत र प्रतिशेयर आम्दानी २० रुपैयाँ १५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू २६९.९० काे आधारमा मूल्य आम्दानी अनुपात १३.३९ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x