बालसुधारगृहमा सुरक्षा चुनौती थपिँदै

ज्ञानमाण्डू।पर्याप्त सुरक्षाकर्मी नहुँदा बाल सुधार गृहमा सुरक्षा चुनौती र कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ । वीरगञ्ज महानगरपालिका–४ बिर्तास्थित सवा कट्ठा जग्गामा २०७५ सालमा स्थापना भएको बाल सुधार गृहमा अहिले कोठाको अभाव रहेका छन् । कोठा अभावका कारण एउटै कोठामा सातदेखि आठजना नाबालक बस्ने गरेकाले कोरोना सङ्क्रमण जोखिमको सम्भावना बढेर गएको कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बताए । 

प्रमुख काफ्लेले व्यापक सुरक्षा र कोठाको अभावमा नाबालक थुनुवाहरु छतबाट हामफालेर भाग्ने समस्या एकातिर रहेको छ भने अर्कोतिर एउटै कोठामा धेरै बालक बस्ने गरेकाले कोरोनाको उच्च जोखिम पनि बढेर गएको बताए । कानूनी विवादमा परी १० वर्षभन्दा बढी र १८ वर्ष मुनिका ४४ जना बाल अभियुक्त सो गृहमा छन् । त्यसमध्ये अधिकांश ज्यान मुद्दा, सवारी ज्यान मुद्दा, जबर्जस्ती करणी, लागुऔषध, चोरी, डकैतीजस्ता जघन्य मुद्दाका बाल अपराधी पुर्पक्षका लागि थुनामा छन् । 

सोही गृहमा एसिड काण्डका अभियुक्त पनि रहेका छन । विसं २०७६ भदौ २० गते वीरगञ्जको बिर्तास्थित गणेशमान चौक नजीक दुई नाबालकले विद्यालय गइरहेको अवस्थामा मुस्कान खातुनको मुहारमा तेजाब प्रहार गरेको थियो । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत एसिड प्रहार गर्नेलाई २० वर्षसम्मको कैद सजाय हुने गरी अध्यादेश ल्याएको छ । सो गृहमा पुस्तकालय बाहेक अन्य सुविधा नभए पनि पढ्न चाहने बाल अपराधीलाई भने पढाइ, पुस्तकको व्यवस्था तथा परीक्षा दिने व्यवस्थासमेत सुधार गृह प्रशासनले गर्दै आएको छ । यसैबीच, एडभोकेसी फोरम नेपाल प्रदेश नं २ जनकपुरधामले बाल सुधार गृहमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि रु एक लाख २० हजार मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

प्रदेश नं २ का संयोजक राजकुमार महासेठले बालसुधारगृह भनेको एक किसिमको कारागार नै हो जुन राज्यको नियन्त्रणमा रहेको छ . उक्त सामग्रीबाट सुधारगृहमा रहेका बालकलाई कोरोना सङ्क्रमित हुनबाट जोगाउने छन् भन्ने विश्वास व्यक्त गरे ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x