देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

balance of payment nepal

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेको छ । उक्त प्रकाशित तथ्याङ्कका प्रमुख झलकहरू यस प्रकार रहेका छन् ।

  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.३२ प्रतिशत छ ।
  • आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले बढेकाे छ ।
  • वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेकाे सङ्ख्या ३,५४,६६० पुगेकाे छ।
  • शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा छ ।
  • कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ ।
  • सङ्घीय सरकारको खर्च रु.११९६ अर्ब ६७ करोड छ ।
  • विस्तृत मुद्रा प्रदाय ६.८ प्रतिशतले बढेको छ ।
  • बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ९ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ ।
  • मर्जर तथा एक्वीजीसनले बैक तथा वित्तीय संस्थाहरूको सङ्ख्या घटेर १२६ पुगेको छ भने शाखा सञ्जाल बढेर ११,५२८ पुगेको छ।
  • कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x