
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १९ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने यथावत नै रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कि नबेच हुँदैछ ।