कामना सेवा विकास बैंकको नाफामा व्यापक वृद्धि, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५१ पैसा

ज्ञानमाण्डू। कामना सेवा विकास बैंकको नाफा ९७२.९५ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले १ करोड ८६ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले २० करोड १ लाख १६ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । नाफामा ठुलो वृद्धि हुनुको मुख्य कारण गैर सञ्चालन आम्दानी रहेकाे छ ।

२ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कामना सेवा विकास बैंकले ३६ अर्ब ७२ करोड २० लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी २९अर्ब ९२ करोड ५८ लाख ३० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५० करोड ३० लाख ४० हजार रुपैयाँ र संचित मुनाफा ७ कराेड १४ लाख ४९ हजार रूपैयाँ रहेको छ ।


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५१.६६ प्रतिशतले बढेर ३८ करोड १५ लाख ७० हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ७ कराेड ४३ लाख २९ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात २.६४ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ६२ पैसा छ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x