धितोपत्र बजारमा गिरावट, नेप्से २८३४.४० को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१ दशमलव ०६ अंकले घटेर २८३४ दशमलव ४० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ३७ अंकले घटेर ५२० दशमलव १८ को विन्दुमा पुगेको छ ।

आज कूल २२७ कम्पनीका २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर रु ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७४ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह ३४ दशमलव २२ अङ्कले घढ्दा ट्रेडिङ उपसमूह २९ दशमलव ६३ अङ्कले, होटल तथा पर्यटन १६५.८३ अङ्कले, विकास बैंक २१०.२१ अङ्कले, जलविद्युत् उपसमूह १५०.२४ अङ्कले, वित्त १२०.२२ अङ्कले, निर्जीवन बीमा ४२९.६३ अङ्कले, उत्पादन १७१.१९ अङ्कले, अन्य उपसमूह ५४.६४ अङ्कले, लघुवित्त १०५ अङ्कले, जीवन बीमा ४५१.११ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव २१ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ५२ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x