नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपालको इतिहासकै ठूलो आइपीओ माघ २ गतेदेखि निष्काशन गर्दै

 

ज्ञानमाण्डू। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको आइपीओ माघ २ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ । त्यस मध्य ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर छुट्याइएको छ र त्यसका लागि सर्वसाधारण लगानीकर्ताकाले आवेदन दिन सक्नेछन् । 
 
बैंकले निष्काशन गर्न लागेको प्रतिकित्ता १ सय अंकित मूल्य आइपीओमा सर्वसाधारण लगानीकर्ताले छिटाेमा आगामी माघ २ गतेदेखि माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन भने सबै शेयरमा आवेदन नआए ढिलाेमा माघ १६ गतेसम्म आवेदन दिने पाउनेछन् । यस आइपीओ निष्कासनमा   एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेकाे छ ।

Nepal Infrastructure Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x