उन्नति सहकार्य लघुवित्तको नाफा ३ कराेड ८८ लाख

Unnati Sahakarya Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५४.७२ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ८ कराेड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३ कराेड ८८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२२ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको उन्नति सहकार्य लघुवित्तले ३ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, उन्नति सहकार्य लघुवित्तले २ अर्ब २२ करोड ८२ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ९ करोड ९ लाख रुपैयाँ रहेको छ।

उन्नति सहकार्य लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.१८ प्रतिशतले घटेर २१ करोड १८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.३० प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७० पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १००० काे आधारमा मूल्य आम्दानी अनुपात ५८.९२ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x