नेप्सेमा उछाल, ६५ अङ्कको वृद्धि

ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २४७३ दशमलव ७३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १४ दशमलव १० अंकले बढेर ४५१ दशमलव ३८ विन्दुमा पुगेको छ ।



आज कूल २०० कम्पनीका १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर रु ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ मा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ मध्ये ११ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ ३३.७१ अङ्कले बड्दा ट्रेडिङ ३३ अङ्कले, विकास बैंक २८.३८ अङ्कले, जलविद्युत् ३३.९४, वित्त १.४४, निर्जीवन बीमा ६२६.२, उत्पादन ६१.२९, अन्य ५०.०२ अङ्कले, लघुवित्त १५२.१२, जीवन बीमा ५९४.२४ अङ्कले र सामूहिक लागनी कोष ०.०३ अङ्क ले वृद्धि भएको छ भने यता होटल उपसमूह ६२.०८ अङ्कले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x