ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ८१ अंकले बढेर २८२० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव २३ अंकले बढेर ५०७ दशमलव २० को विन्दुमा पुगेको छ ।
आज कूल २२० कम्पनीका २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता शेयर रु ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ३३ दशमलव २९ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ४०.७८ अङ्कले, विकास बैंक उपसमूह २३९.८९ अङ्कले, जलविद्युत ४४.२ अङ्कले, वित्त उपसमूह १०४.५५ अङ्कले, उत्पादन उपसमूह ७.४८ अङ्कले, अन्य उपसमूह १३.२१ अङ्कले, जीवन बीमा ६१.६३ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ०९ अङ्कले बढेको छ । यता, होटल तथा पर्यटन उपसमूह २.९४ अङ्कले घट्दा निर्जीवन बीमा ११.७ अङ्कले र लघुवित्त उपसमूह २०.७ अङ्कले घटेको छ।