
ज्ञानमाण्डू।नागरिक लगानी कोषले आगामी २०७८ साल अषाढ १८ गते, शुक्रबारका दिन २६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कोषले सो सभा २:०० बजे पश्चात् कोषको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा हुने जानकारी दिएको छ। नागरिक लगानी कोषको जेष्ठ २१ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।
२६ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि नागरिक लगानी कोषले मिति २०७८/०३/०८ गतेका दिन संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०३/०७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।
