धितोपत्र व्यवसाय गर्न धितोपत्र बोर्डले दियाे माछापुच्छ्रे क्यापिटललाई अनुमति

ज्ञानमाण्डू।चेम्बर भवन, जमल, काठमाण्डौमा मुख्य कार्यालय रहेको यस माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ । यस अनुमति पश्चात माछापुच्छ्रे बैंक लिमिटेड को पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ । 
चुक्ता पूँजी २० करोड रहेको यस माछापुच्छ्रे क्यापिटल लि.ले उपरोक्त सेवाहरु प्रदान गर्नका लागि सम्पुर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी गराए । यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने समेत जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x