नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

ज्ञानमाण्डू।नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले माघ १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (फागुन ३ गते) अन्तिम दिन हो। बैंकले माघ १३ गतेबाट शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो । बैंकले १ सय अंकित मूल्यमा चुक्ता पुँजीको १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । यस हकप्रद शेयरमा आज (फागुन ३ गते) सोमबार कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशनका लागि बैंकले पुस २९ गते बुकक्लोज गरेको थियो। यसअनुसार पुस २८ गते मंगलबारसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिने सक्नेछन्। बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआइआर सिंगल सी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँदछ ।

हाल ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको नारायणी डेभलपमेन्ट बैंकको यस हकप्रद निष्काशनपछि चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x