ग्लोबल आइएमई बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु २० लाख सहयोग

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई नगद रु. २० लाख सहयोग गरेको छ ।

एक कार्यक्रमकाबीच बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागी निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।


कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ । 

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने जनाएको छ ।

उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी , उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्ट, भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायत अन्य प्रदेश सांसदको उल्लेखीय उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x