सुनको मूल्यमा प्रतितोला एक हजार ७ सय रुपैयाँको गिरावट

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १८ गते, मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६  हजार ५ सय ५० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार सुनको मूल्यमा गिरावट आउदा चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x