
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ९ गते, सोमबारका दिन छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार पाँच सय ५० रुपैयाँ तोकिएको छ ।
आइतबार चैत ८ गतेका दिन प्रतितोला ५ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्यमा गिरावट आउदा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा किनबेच हुँदैछ । आइतबार चैत ८ गतेका दिन प्रतितोला ५ रुपैयाँले उकालो लागेको चाँदीको मूल्य नेपाली बजारमा प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।