मंगलबार नेप्सेमा एक वाणिज्य बैंक सहित एक विकाश बैंकको बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार फागुन २५ गतेका दिन एक वाणिज्य बैंक सहित एक विकाश बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलबार एनएमबि बैंक सहित ज्योति विकास बैंकको कुल २ करोड २२ लाख ७७ हजार ३७२ दशमलव ३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

मङ्गलबार सूचीकृत भएको एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।नेपाल स्टक एक्सचेन्जमा मंगलबार एनएमबि बैंकको कुल १ करोड ८७ लाख ८२ हजार ७८ दशमलव ८६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


त्यस्तै, सूचीकृत भएको ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।नेपाल स्टक एक्सचेन्जमा मंगलबार ज्योति विकास बैंकको कुल ३४ लाख ९५ हजार २९३ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x