छिमेक, निर्धन उत्थान र डिप्रोस्क लघुवित्त मध्ये कुन वित्तीय सूचकमा को अब्बल ?


ज्ञानमाण्डू। आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका तिन ठुला लघुवित्त संस्था डिप्रोस्क लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आ. व. २०७६/७७ र आ. व. २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणका आधारमा एक आपसमा तुलना गर्ने प्रयास गरिएको छ ।

चुक्ता पुँजी: आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा, छिमेक लघुवित्तको चुक्ता पुँजी २२ पतिशतले वृद्धि हुँदै १ अर्ब ८३ करोड पुगेको छ । यता निर्धन उत्थान लघुवित्तको चुक्ता पुँजी गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा १३ प्रतिशतले वृद्धि हुँदै आ. व. २०७७/७८ को चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ भने डिप्रोस्क लघुवित्तको चुक्ता पुँजी गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि हुँदै आ. व. २०७७/७८ को चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

जगेडा कोष: निर्धन उत्थान लघुवित्तले जगेडा काेषलाई ५१.३९ प्रतिशतले बढाएर २ अर्ब ८० करोड रुपैयाँ कायम गरेको छ। तुलना गरिएका तिन लघुवित्त मध्ये सर्वाधिक जगेडा काेष रहेको छिमेक लघुवित्तले गत आर्थिक वर्षको तुलनामा जगेडा काेषलाई ८४.२२ प्रतिशतले बढाउन सफल हुँदै आ. व. २०७७/७८ को चौथो त्रैमाससम्म आइपुग्दा ३ अर्ब १२ करोड रुपैयाँ पुर्याएकाे छ। यता, डिप्रोस्क लघुवित्तको जगेडा काेष ५५.३९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

निक्षेप संकलन: २२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी छिमेक लघुवित्त तुलना गरिएका तिन लघुवित्त भन्दा अघि रहेको छ । त्यस्तै, निर्धन उत्थानको निक्षेप सङ्कलन १५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने डिप्रोस्क लघुवित्तको निक्षेप सङ्कलन ६ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा छिमेक लघुवित्तले २०.२२ प्रतिशतले, निर्धन उत्थान लघुवित्तले १८.५७ प्रतिशतले र डिप्रोस्क लघुवित्तले ३२.५५ प्रतिशतले निक्षेप सङ्कलनमा वृद्धि गरेको देखिन्छ ।

सापटी: आ. व. २०७७/७८ को चौथो त्रैमाससम्म तुलना गरिएका लघुवित्त मध्ये डिप्रोस्क लघुवित्तले सर्वाधिक ७ अर्ब ७८ करोड रुपैयाँ सापटी लिएकाे छ। डिप्रोस्क लघुवित्तले गत आर्थिक वर्षको तुलनामा १९.६३ प्रतिशतले सापटी रकम वृद्धि गरेको देखिन्छ । छिमेक लघुवित्तको सापटी रकम गत आर्थिक वर्षको तुलनामा ५२.४२ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने निर्धन उत्थान लघुवित्तको सापटी रकम आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा ८.८६ प्रतिशतले घटेर ६ अर्ब ३२ करोड रुपैयाँ पुगेको देखिन्छ ।

कर्जा लगानी: छिमेक लघुवित्तले २५ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गर्दा निर्धन उत्थान लघुवित्तले २४ अर्ब ७ करोड र डिप्रोस्क लघुवित्तले १५ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा छिमेक लघुवित्तले २९.६१ प्रतिशतले कर्जा लगानीमा वृद्धि गरेको देखिन्छ भने निर्धन उत्थान लघुवित्तले १९.४९ प्रतिशतले कर्जा लगानी बढाएको छ । यता डिप्रोस्क लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ३१.९ प्रतिशतले कर्जा लगानी वृद्धि गरेको देखिन्छ ।

ccbl ddbl umbl


खुद ब्याज आम्दानी: निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ४३.५४ प्रतिशतको वृद्धि गर्दै २ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी पुर्याएको छ भने छिमेक लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा १७.७५ प्रतिशतको वृद्धि गर्दै २ अर्ब ६ करोड खुद ब्याज आम्दानी संकलन गरेको छ । यता, डिप्रोस्क लघुवित्तको खुद ब्याज आम्दानी ४२.७९ प्रतिशतले वृद्धि हुँदा १ अर्ब ३७ करोड खुद ब्याज आम्दानी संकलन गरेको देखिन्छ ।

खुद नाफा: तुलना गरीएका तिन लघुवित्त मध्ये सर्वाधिक नाफा कमाएको छिमेक लघुवित्तले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेको देखिन्छ। तुलना गरीएका तिन लघुवित्त मध्ये सर्वाधिक नाफा कमाएको छिमेक लघुवित्तको नाफा गत आर्थिक वर्षको तुलनामा ८७.२४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा २२३.२६ प्रतिशतले नाफा वृद्धि गरेको निर्धन उत्थान लघुवित्तले ९१ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । त्यस्तै, १५९.५५ प्रतिशतले नाफा वृद्धि गरेको डिप्रोस्क लघुवित्तले ७१ करोड ३७ लाख खुद नाफा गर्न सफल भएको छ ।

निष्क्रिय कर्जा: निर्धन उत्थान लघुवित्तको निष्क्रिय कर्जा तुलना गरीएका तिन लघुवित्त मध्ये सर्वाधिक ४.११ प्रतिशत रहेको देखिन्छ भने डिप्रोस्क लघुवित्तको निष्क्रिय कर्जा ०.९२ प्रतिशत देखिन्छ । यता, छिमेक लघुवित्तको निष्क्रिय कर्जा भने शुन्य दशमलव ६३ प्रतिशत रहेको छ।

प्रति शेयर आम्दानी: छिमेक लघुवित्तको प्रति शेयर आम्दानी ६६ रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै, डिप्रोस्क लघुवित्तको प्रति शेयर आम्दानी ६१ रुपैयाँ ७३ पैसा रहेको छ। यता, निर्धन उत्थान लघुवित्तको प्रति शेयर आम्दानी ५४ रुपैयाँ २३ पैसा रहेको छ।

मूल्य आम्दानी अनुपात: पछिल्लो कारोबार मूल्यको आधारमा निर्धन उत्थान लघुवित्तको मूल्य आम्दानी अनुपात तुलना गरीएका तिन लघुवित्त मध्ये सर्वाधिक ३१.५० गुणा छ भने डिप्रोस्क लघुवित्तको मूल्य आम्दानी अनुपात २९.४२ गुणा रहेको छ । यता, छिमेक लघुवित्तको मूल्य आम्दानी अनुपात २८.६५ रहेको देखिन्छ ।

किताबी मूल्य: छिमेक लघुवित्तको किताबी मूल्य तुलना गरीएका लघुवित्त मध्ये सर्वाधिक २७० रुपैयाँ ५८ पैसा रहेको छ। त्यस्तै, निर्धन उत्थान लघुवित्तको किताबी मूल्य २६५ रुपैयाँ २५ पैसा रहेको छ भने डिप्रोस्क लघुवित्तको किताबी मूल्य २११ रुपैयाँ ९६ पैसा रहेको छ ।

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x