सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँको वृद्धि

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २६ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ८६ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । 

मंगलबार  फागुन २५ गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 



बुधबार सुनको मूल्यमा वृद्धि भए संगै चाँदीको मूल्य पनि वृद्धि भएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भएको देख्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x