मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’


ज्ञानमाण्डू।मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको जानकारी दिएको छ । यस अफर अन्र्तरगत चैत्र ०६, २०७७ देखि चैत्र १३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता (Normal Savings Account) खोलेमा रु १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड (Visa Debit Card) पाउन सकिने बैंकले जनाएको छ । 

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय अवधि ( चैत्र ०६,२०७७ देखि चैत्र १३ गते, २०७७) भित्र दिनु पर्ने बैंकले उल्लेख गरेको छ । साथै ग्राहकले खाता खोलेको मिति देखि ३ महिना सम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निशूल्क लिन सक्ने बैंकले जानकारी दिएको छ ।

यस होली सप्ताह अफर सँगै ग्र्राहकले चाहानुभएमा निशूल्क DEMAT खाता पनि बैंक मार्फत खोल्नसक्नु हुने बैंकले थप उल्लेख गरेको छ । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न Visa Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गराएको जानकारी दिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको कुरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x