मनिषा कोइराला आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडर

ज्ञानमाण्डू। आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षका लागि नियुक्त हुनुभएकाे छ । नायिका मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबर्द्धन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताउनुभयाे । साथै श्रेष्ठले नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड अम्बासडरमा नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताउनुभयाे ।



 

उक्त कार्यक्रममा श्रेष्ठले नेपाली बीमा बजारमा उत्कृष्ठ सेवा प्रदान गर्दै निरन्तर अगाडी बढि रहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिस्कृत गर्दै उच्च कोटीको सेवा सहित डिजिटलको माध्यमबाट सेवामा विविधता ल्याइने जानकारी गराए ।

त्यसै गरी उक्त कार्यक्रममा नायिका मनिषा कोइरालाले आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ठ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x