
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार, बैशाख ८ गतेका दिन छ्याङ्दी हाईड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार छ्याङ्दी हाईड्रोपावरको कुल १ लाख ४१ हजार ७५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

छ्याङ्दी हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । हाईड्रोपावरको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।