गायिका अर्चना विष्ट ढकालको पहिलो साङ्गीतिक कोसेली: "दन्ते कथामा"



ज्ञानमाण्डू। सुमधुर स्वरकी धनी गायिका अर्चना विष्ट ढकालको पहिलो साङ्गीतिक कोसेली "दन्ते कथामा" युट्युबमार्फत सार्वजनिक भएको छ । नेपाली सुगम सङ्गीतको चम्किलो आकाशमा नयाँ तारा थप्ने कोसिसका साथ अनवरत साङ्गीतिक साधनामा तल्लीन उनी सङ्गीतको प्राज्ञिक अध्ययनमा पनि लागेकी छन् ।

हाल उनी सङ्गीतमा स्नातकोत्तर तहको अन्तिम सेमेस्टरको परीक्षा दिएर नतिजाको पर्खाइमा छिन । युट्युबमार्फत हिजो बिहीबार रिलिज गरिएको यस गीतमा शब्द तथा सङ्गीत कुमार सिन्जाली मगरको रहेको छ भने म्युजिक एरेन्जको काम भबिन ढुङ्गानाले गरेका छन् । ब्लिस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको रेकर्डिङ तथा मिक्सिङ्गको काम अमृत भट्टले गरेका छन् भने मास्टरिङ्गको काम कर्साङ लामाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x