नेपाल हाईड्राे डेभलाेपरले आज विशेष साधारण सभा गर्दै


ज्ञानमाण्डू। नेपाल हाईड्राे डेभलाेपर लिमिटेडले असार २९ गते (आज) विशेष साधारण सभा गर्दै छ । कम्पनीले विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाण्डौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले नियमावलीकाे नियम २३ र २७ काे उपनियम ३ संशोधनको प्रस्ताव पारित गर्नेछ। त्यसतै कम्पनीकाे नियमावलीमा भएकाे संशोधनकाे सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी पनि सोही सभाले प्रदान गर्ने छ ।

सञ्चालक समितिको ७३ औं बैठकको निर्णयानुसार यस कम्पनीको असार १३ मा हुने भनिएको विशेष साधारण सभा गणपुरक संख्या नपुगी स्थगित भएकाे थियाे ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २ गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x