९१ रुपैयाँ ८७ पैसा प्रतिशेयर आम्दानी रहेको फरवार्ड लघुवित्तको नेटवर्थ ३०२ रुपैयाँ ५२ पैसा

ज्ञानमाण्डू। फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १८०.७९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले २० करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ५७ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

६२ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फरवार्ड लघुवित्तले ६ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, फरवार्ड लघुवित्तले ८ अर्ब ६३ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

फरवार्ड लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६९.४६ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ३.६७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ९१ रुपैयाँ ८७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ ५२ पैसा छ र मूल्य आम्दानी अनुपात ३०.१५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x