चार गुणाले वितरणयाेग्य नाफा वृद्धि गर्न सफल मञ्जुश्री फाइनान्सको लाभांश दिने क्षमता कति ?

ज्ञानमाण्डू।मञ्जुश्री फाइनान्सको नाफा ११५.८१ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा फाइनान्सले २६ कराेड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा फाइनान्सले ५६ कराेड ८१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९६ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको मञ्जुश्री फाइनान्सले ८ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २८ करोड २१ लाख रुपैयाँ र संचित मुनाफा ४८ कराेड ५६ लाख रूपैयाँ रहेको छ ।

फाइनान्सको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २८.६१ प्रतिशतले घटेर २८ करोड ११ लाख रुपैयाँ पुगेकाे छ ।

त्यस्तै फाइनान्सको आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा ४८ कराेड ५६ लाख रुपैयाँ रहेकाे छ अर्थात मञ्जुश्री फाइनान्सले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट ५०.३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ । फाइनान्सले गत आर्थिक वर्षको चाैथाे त्रैमासको तुलनामा ३०६.४७ प्रतिशतले वितरण याेग्य मुनाफा वृद्धि गर्न सफल भएको छ।  

फाइनान्सको निष्कृय कर्जा अनुपात २.३४ प्रतिशत र प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र पछिल्लाे काराेबार मूल्य रू १२९८ काे आधारमा मूल्य आम्दानी अनुपात २२.०५ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x