धितोपत्र बजारमा ०.९४ अंकको वृद्धि, नेप्से परिसूचक ३१६२.५९को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ९४ अंकले बढेर ३१६२ दशमलव ५९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ३८ अंकले घटेर ५८५ दशमलव ७१ को विन्दुमा पुगेको छ ।

आज कूल २३० कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर रु १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये अाठ उपसमूहको शेयर ऒरालो लागेको छ । होटल तथा पर्यटन उपसमूह १०२ दशमलव ९१ अङ्कले बढ्दा जलविद्युत १४४ दशमलव ७९ अङ्कले, निर्जीवन बीमा ४३.८ अङ्कले, लघुवित्त उपसमूह ७.९९ अङ्कले र जीवन बीमा १०.०५ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह १४ दशमलव १७ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ४९ दशमलव ६५ अङ्कले, विकास बैंक उपसमूह ४१.२ अङ्कले, वित्त उपसमूह १९.६६ अङ्कले, उत्पादन उपसमूह ३.८४ अङ्कले, अन्य उपसमूह १२.४३ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ११ अङ्कले र लगानी उपसमूह १ दशमलव ०३ अङ्कले घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x