वाणिज्य बैङ्कहरूको निक्षेपमा ७ अर्बको गिरावट, सिडी रेसियो ९० प्रतिशत मुनि


ज्ञानमाण्डू। श्रावण ३१ गते देखि भाद्र ३ गते सम्म वाणिज्य बैङ्कहरूको निक्षेप ७ अर्बले घटेकाे छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार भाद्र ३ गते सम्म वाणिज्य बैङ्कहरूकाे निक्षेप ४४ खर्ब २६ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैङ्कहरूले ४१ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेका थिए। समीक्षा अवधिमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको थियो भने औसतमा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८८.४७ प्रतिशत रहेकाे थियो।

भाद्र ३ गते वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४३ खर्ब १६ अर्ब (स्वदेशी मुद्रा) र १ खर्ब ०९ अर्ब (विदेशी मुद्रा) रहेकाे थियाे भने ४१ खर्ब ४८ अर्ब (स्वदेशी मुद्रा) र ३० अर्ब (विदेशी मुद्रा) मा कर्जा प्रवाह भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x