हिमालय ऊर्जाको आइपिओ वैशाख ३ मा बाँडफाँड हुने

ज्ञानमाण्डू। हिमालय ऊर्जा विकास कम्पनीको आइपिओ वैशाख ३ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङका अनुसार मङ्गलवार (वैशाख ३ गते ) आइपिओ बाँडफाँट हुने तय भएको छ । यो आइपीओमा ५१ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कुल ७२ हजार ३७६ जनाले ५१ लाख ५९ हजार ८२० कित्ता सेयर भरेका हुन् । यसमा माग भन्दा ३.७८ गुणा बढी आवेदन परेको छ। लगानीकर्ताले अधिकतम २० कित्तासम्म सेयर हात पर्ने भएका छन् । कम्पनीले कुल १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेकोमा ३ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्ट्याएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x